© 2023
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकामा अवस्थित राराताल प्राकृतिक सुन्दरताको अनुपम उपहार हो। रारा राष्ट्रिय निकुञ्जभित्र फैलिएको यो ताल नेपालकै सबैभन्दा ठूलो र गहिरो तालका रूपमा परिचित छ। यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा छ । मुगुको गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ