२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

आहा ! राराताल- फोटो फिचर

आहा ! राराताल- फोटो फिचर
अ अ+ अ-

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकामा अवस्थित राराताल प्राकृतिक सुन्दरताको अनुपम उपहार हो। रारा राष्ट्रिय निकुञ्जभित्र फैलिएको यो ताल नेपालकै सबैभन्दा ठूलो र गहिरो तालका रूपमा परिचित छ।

यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा छ । मुगुको गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३।२ किलोमिटर छ । यो ताल १ सय ६७ मिटर गहिरो छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्‍याएका छन् ।

दिनभरीमा आफ्नो रुप फेरिरहने रारा ताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ ।

चारैतिर हरियाली वनजंगल, नीलो आकाशको प्रतिविम्ब र शान्त वातावरणले राराताललाई स्वर्गझैँ बनाएको छ। बिहानको घामसँगै तालको पानीमा देखिने नीलो, हरियो र सुनौलो रङको मिश्रणले जो–कसैलाई मोहित बनाउँछ। हिउँदमा हिउँले ढाकिएका पहाडहरू र गर्मीयाममा फुल्ने रङ्गीचङ्गी फूलहरूले रारातालको सौन्दर्य झनै बढाइदिन्छ।

रारा राष्ट्रिय निकुञ्ज जैविक विविधताका लागि पनि विशेष महत्व राख्छ। यहाँ पाइने हिमाली वन्यजन्तु, चराचुरुङ्गी र दुर्लभ वनस्पतिले राराताल क्षेत्रलाई प्रकृति अध्ययन र अनुसन्धानका लागि उपयुक्त बनाएको छ। ताल वरिपरि पैदल यात्रा, डुंगा सयर र फोटो खिच्ने गतिविधिहरू पर्यटकका लागि मुख्य आकर्षण हुन्।

पछिल्ला वर्षहरूमा सडक र हवाई पहुँच सुधार हुँदै जाँदा राराताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। स्थानीय संस्कृति, सरल जीवनशैली र पाहुनाप्रतिको आत्मीय व्यवहारले यहाँ आउने पर्यटकलाई छुट्टै अनुभूति दिन्छ।

प्रकृतिको काखमा शान्ति खोज्ने, भीडभाडबाट टाढा रहन चाहने र नेपालका हिमाली सौन्दर्यलाई नजिकबाट अनुभव गर्न चाहनेका लागि राराताल एक अद्वितीय गन्तव्य बनेको छ।

तस्बिर : विष्णु नेपाल / रासस