© 2023
काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ