© 2023
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको छ । विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख सन्तोषकुमार साहले मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आज वीरगञ्जबाट रक्सौलनाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको जानकारी दिनुभयो