© 2023
काठमाडौँ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको बताइएको छ

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै रचनाले आफ्नो उपस्थितीका बिषयलाई लिएर क्यानले व्यवस्थापकलाई स्पष्टिकरण सोधेको कुरा गलत भएको जनाएकी छिन् ।