२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यु–२० साफ: नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौँ। नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भयो । सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो । नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन ।