१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुहानको विवादले बाह्र सय घरमा खानेपानी अभाव

बलेवा । विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा सहरीकरण हुन थाल्यो । कोदो फल्ने बारीमा ठूलाठूला घर बने । एउटै घरमा चार–पाँच परिवार अटेका छन्