© 2023
जनकपुर । मिथिलाञ्चलका मन्दिरहरुमा साँझपख झुलनोत्सवको रौनक शुरु भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन शुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्दछ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा छ ।