२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् ।