४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आज भएको भेटमा मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य तथा आप्रवासी स्वास्थ्यका विषयका नेपालको अवस्था स्पष्ट पार्नुभएको थियो ।