१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालबालिका खेल्ने ठाउँमा आगलागी, २७ जनाको मृत्यु

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित बालबालिका खेल्ने ठाउँ (गेम जोन)मा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । घटनास्थलबाट २५ जनाभन्दा धेरैलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा हिजो दिउँसो आगलागी भएको हो । तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।