© 2023
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स महिला च्याम्पियनसिप फाइनल खेलमा मद्यपान तथा नशालु पदार्थ सेवन गरेर आएमा प्रवेश नपाइने बताएको छ । फाइनल खेलअघि पत्रकार सम्मेलनमा एन्फाले शिवरात्रिको दिन मद्यपान तथा नशालु पदार्थ सेवन गरेर आउने सम्भावना रहेको भन्दै त्यसरी आएमा इन्ट्री नहुने जानकारी गराएको हो ।