२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स श्रीलंका जाने

काठमाडौं: पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ । उनलाई इन्डोनेसियाको राष्ट्रिय टिम समेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिने छन् ।