२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन: प्रा डा साह (अन्तर्वार्ता)

काठमाडौँ । प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहनुभएका उहाँ हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुनुहुन्छ । उहाँले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ