© 2023
धनुषा। पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । आज धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उहाँले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिनुभयो ।

भन्नुभयो, “पछिल्लो पुस्ताले दुनियाँका बारेमा धेरै बुझेको तर आफ्नो देशका बारेमा खासै बुझेका छैनन् । देशको राजनीतिक इतिहासका विषयमा धेरै