© 2023
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ । राजावादीहरुले उहाँको स्वागतका लागि निकै तामझामपूर्णरुपमा तयारी गरेका छन् । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरेको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई