© 2023
कास्की। पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आज हाइकिङ (पहाडी क्षेत्रमा पैदलयात्रा) गरिएको छ । पोखरा–१७ स्थित माछापुच्छ्रे विम्ब पार्क (ड्यामसाइड) बाट सुरु भएको हाइकिङ रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’ मा पुगेर सम्पन्न भएको