© 2023
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सरकारी सेवाहरू ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारी सेवा पूर्णरूपमा डिजिटल प्रणालीमा आधारित भए सेवा प्रवाह प्रभावकारी हुनुका साथै समय र लागतसमेत बचत हुने बताउनुभयो ।