४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

बेलायत । बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ । यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिनुभयो ।