© 2023
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार नेता शेखर कोइराला पक्षका कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन र नाराबाजी गरेका छन्