१० श्रावण २०८३, आईतवार
,
Latest
सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा शेखर पक्षका कार्यकर्ताको नाराबाजी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार नेता शेखर कोइराला पक्षका कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संगठनहरुमा एकलौटी गरेको भन्दै शेखर पक्षका कार्यकर्ता तथा विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्नुपर्ने र नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरुले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाहरुको तत्काल वैधानिक पूर्णताको माग गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेपछि सुरक्षा कडा बनाइएको छ। सुरक्षाकर्मी पनि बाक्लो संख्यामा परिचालन गरिएको छ।

स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।