२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध

काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘एक्टरस् टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।