© 2023
काठमाडौँ। लेखक ‘ददीराम सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ नामक पुस्तक आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ । फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली नागरिकको अनुभवका आधारमा तयार गरिएको जनाइएको छ । पुस्तकमा नेपालप्रति फ्रान्सेली समुदायको दृष्टिकोण, अनुभव तथा उनीहरूले नेपालमा बिताएका विभिन्न क्षण समेटिएको बताइएको छ