२९ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन



अ+ अ-

काठमाडौँ। लेखक ‘ददीराम सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ नामक पुस्तक आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली नागरिकको अनुभवका आधारमा तयार गरिएको जनाइएको छ ।

पुस्तकमा नेपालप्रति फ्रान्सेली समुदायको दृष्टिकोण, अनुभव तथा उनीहरूले नेपालमा बिताएका विभिन्न क्षण समेटिएको बताइएको छ ।

पुस्तकको विमोचन आलियन्स फ्रन्सेका डिरेक्टर मस्यु सिल्भाँ श्वाँ, फ्रान्सका लागि नेपाली दूतावास पेरिसका पूर्वकूटनीतिज्ञ रामबाबु ढकाल, निरज भारी तथा लेखक सापकोटाले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिरेक्टर सिल्भाँ श्वाँले पुस्तकले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभव प्रस्तुत गरेको उल्लेख गर्दै यसले पाठकलाई नेपालबारे थप जानकारी र नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लेखक ददीराम सापकोटाले पुस्तक लेख्ने क्रममा आफूले पेरिसका विभिन्न स्थानमा पुगेर नेपालसँग सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको बताउनुभयो । उहाँले व्यापक अध्ययन, अनुसन्धान र अनुभव सङ्कलनपछि पुस्तक तयार गर्न सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पूर्वकूटनीतिज्ञ रामबाबु ढकालले नेपाल–फ्रान्स सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई पुस्तकले थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फ्रान्सेली भाषामा प्रकाशित ‘त्यो नेपाल’ नामक  पुस्तकले नेपाललाई आफ्नो कर्मभूमि बनाएका फ्रान्सेलीको अनुभव र दृष्टिकोणलाई पाठकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।रासस