© 2023
काठमाडौं: आज देशका विभिन्न भागमा नदी, तलाउमा छठपूजाको तयारी भव्यरुपमा भइरहेको छ । यसै सिलसिलामा राजधानीको गौरीघाटमा श्रद्धालु भक्तजनहरु आआफ्ना पूजा सामग्री सहित भेला हुन थालेका छन् । गौरीघाट क्षेत्रलाई आज झकिझकाउ पारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजै दिउँसो गौरीघाट पुगेर पूजा अर्चना गरिसक्नु भएको छ । फोटो: न्यूजपोलार