१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र…

काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वरले दोस्रो ग्यालेक्सी फुटसल प्रतियोगिता–२०८३ का लागि तयार पारिएको ट्रफी, आधिकारिक खेल बल तथा डिजिटल प्रतियोगिता व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। विद्यालयस्तरमा रहेका फुटसल प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा यू–१२, यू–१४ र यू–१६ छात्र तथा यू–१६ छात्रा विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।