© 2023
काठमाडौँ। नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट रु दुई लाख ४० हजार असुली गरी ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको