© 2023
पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो