© 2023
कञ्चनपुर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ । सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार प्रदान गरे