© 2023
काठमाडाैँ । कैलालीको टीकापुरमा आजदेखि सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ । केन्द्रमा मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीले सेवा दिनुहुनेछ । केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसीलगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन् । यहाँबाट सिकलसेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ ।