© 2023
लन्डन— कृत्रिम बुद्धिमत्ता (एआई) का सुरक्षा तथा सैन्य जोखिमबारे धेरै चर्चा भएको छ। तर सीमित भाषामा प्रशिक्षित र केही बहुराष्ट्रिय कम्पनीहरूको स्वामित्वमा रहेका ठूला भाषा मोडेल (Large Language Models–LLMs) ले निम्त्याउने सांस्कृतिक तथा आर्थिक जोखिमप्रति अपेक्षित ध्यान दिइएको छैन। यस्ता एलएलएमहरूको बजार वर्चस्वले अल्पसंख्यक भाषा भएका विकासशील देशहरूलाई स्पष्ट रूपमा