© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिनुभयो । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको