२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ

झापा।  झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।