© 2023
काठमाडौँ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निःस्वार्थ रूपमा जात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई आवश्यक खानपानको व्यवस्था गर्नु महानगरको साझा दायित्व भएको बताउनुभएको हो । इन्द्रजात्राको तयारीबारे गुठीहरूसँग मंगलवार भएको छलफलमा डंगोलले सामाजिक सेवाका रूपमा फिल्डमा खटिने स्वयंसेवकलाई