७ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

काठमाडौँ।  विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उहाँहरूलाई सम्मान गर्नुभएको हो