• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मतगणना सम्पन्न नहुँदै बालेन विजयी



बालेन्द्र शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजारभन्दा बढी मतले अग्रता कायम गरेका बालेन मतगणना सम्पन्न नहुँदै विजयी बनेका हुन् ।

लौरो चिह्न लिएर उठेका बालेनले अहिलेसम्म ५५ हजार ७४७ मत प्राप्त गरिसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका नेकपा ९एमाले० का केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् ।

हालसम्म एक लाख ७१ हजार ८०२ मत गणना भएको छ । अब १९ हजार ३२३ मत मात्र गणना हुन बाँकी छ । गणना हुन बाँकी मतभन्दा बढीको अन्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग अग्रता कायम गरेका बालेन साहको विजय सुनिश्चित भएको हो ।

अब काठमाडौँ महानगरका वडा नं १३, १४, १५, १६ र १७ को मत गणना गर्न बाँकी छ