१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति, जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने



अ+ अ-

काठामाडौं । धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ ।

सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी गराउनुभयो । आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिने कार्यक्रममा उल्लेख गरिएको । इतिहास, कला, संस्कृति एवं अन्य मौलिक विशेषता समेटिएको बृहत् सङ्ग्रहालय निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । बराहक्षेत्र, चतराधाम, र रामधुनी क्षेत्र तथा कोसीटप्पु वन्यजन्तु आरक्षण समेटेर बृहत् धार्मिक, सांस्कृतिक, पर्यापर्यटन केन्द्रको रूपमा विकास गर्न एकीकृत कार्यक्रम ल्याउने प्रतिबद्धता पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा आउने गरे पनि कार्यान्वयन नहुने गरेको यस क्षेत्रमा लागेकाको गुनासो छ । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा पशुपति, लुम्बिनी र जनकपुरजस्ता स्थलको विकास, निर्माणको कार्यक्रम राखिए पनि स्थलगतरुपमा हेर्ने हो भने ठूलो उपलब्धि भेटिँदैन ।