२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु



अ+ अ-

आटावा । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो ।

सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् ।क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पुर्याएको बताइएको छ ।

ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ । आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ ।