२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

९५ वर्षको उमेरमा प्रेममा परे वृद्ध, पहिलो पटक विवाह, हनिमुन मनाउन अष्ट्रेलिया जाने



अ+ अ-

लण्डन । भनिन्छ प्रेममा कुनै उमेर हुँदैन । यस्तै एउटा घटना बेलायतमा भएको छ, जहाँ ९५ वर्षको उमेरमा एक वृद्ध आफ्नो जीवनमा पहिलो पटक प्रेममा परे र विवाह गरे ।

यी वृद्धको नाम जुलियन मोयल र उनकी श्रीमतीको नाम भ्यालेरी विलियम्स (८४) हो। यी दुईबीच २३ वर्षअघि एउटा चर्चमा भेट भएको थियो।

दुवै लामो समयसम्म साथी रहे, तर यस वर्ष फेब्रुअरीमा जुलियनले भ्यालेरीलाई विवाहको प्रस्ताव राखे।

वेल्स अनलाइनको रिपोर्टअनुसार यो मायालु जोडीले मे १९ मा बेलायतको कार्डिफ क्षेत्रको त्यही चर्चमा विवाह गरेका थिए जहाँ उनीहरु पहिलो पटक भेटेका थिए ।

यो अनौठो विवाहमा नवविवाहित जोडीका ४० जना साथीभाइ र परिवारका सदस्य चर्चमा उपस्थित थिए ।

विवाहको समयमा जुलियनले आफ्नी पत्नीका बारेमा उनी धेरै दयालु र हेरचाह गर्ने भएको बताए । जुलियनले त्यसपछि आफ्नी पत्नीतिर फर्केर भने, “म तिमीसँग मेरो जीवन बिताउन उत्सुक छु।”

यसैबीच आफ्नो विवाहको दिनका बारेमा भ्यालेरियाले भनिन्, “मलाई यो विश्वास भइरहेको छैन।” जुलियनले विवाहलाई अद्भुत र ‘नयाँ वर्ष जस्तै’ भनेर वर्णन गरे।

हनिमुनका लागि अष्ट्रेलिया जाने

यो जोडीले आफूहरु सँगै बस्न निकै उत्सुक रहेको बताए । दम्पतीले आफ्नो हनिमुनका लागि अष्ट्रेलिया जाने बताए । अष्ट्रेलिया जुलियनको वास्तविक घर हो।

विवाह गर्दा कस्तो अनुभूति भयो भन्ने प्रश्नमा जुलियनले यो रोमन देवता जानसजस्तै भएको बताए । जानसको दुईवटा टाउको थियो जसले गर्दा उसले भविष्य र विगत दुवैलाई हेर्न सक्थे।

“यो नयाँ वर्ष जस्तै हो”, जुलियनले भने। अर्कोतर्फ, भ्यालेरीले आफ्नो नयाँ पतिलाई ‘अद्भुत सज्जन’ भनेर वर्णन गरिन् । जबकि जुलियनले आफ्नी पहिलो पत्नीलाई ‘मिलनसार’ भनेर वर्णन गरे।

जुलियनले उनकी श्रीमती धेरै दयालु र मायालु रहेको बताए । रिपोर्टका अनुसार जुलियन सन् १९५४ मा अष्ट्रेलियाबाट बेलायत आएका थिए । उनले सन् १९७० र सन् १९८२ मा राष्ट्रिय ओपेरामा काम गरिसकेका छन् ।

उनले विवाहको समयमा पनि अभिनय गरेका थिए । जुलियनको प्रेम र अहिले यो विवाहको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । एजेन्सीको सहयोगमा