• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया

९५ वर्षको उमेरमा प्रेममा परे वृद्ध, पहिलो पटक विवाह, हनिमुन मनाउन अष्ट्रेलिया जाने



लण्डन । भनिन्छ प्रेममा कुनै उमेर हुँदैन । यस्तै एउटा घटना बेलायतमा भएको छ, जहाँ ९५ वर्षको उमेरमा एक वृद्ध आफ्नो जीवनमा पहिलो पटक प्रेममा परे र विवाह गरे ।

यी वृद्धको नाम जुलियन मोयल र उनकी श्रीमतीको नाम भ्यालेरी विलियम्स (८४) हो। यी दुईबीच २३ वर्षअघि एउटा चर्चमा भेट भएको थियो।

दुवै लामो समयसम्म साथी रहे, तर यस वर्ष फेब्रुअरीमा जुलियनले भ्यालेरीलाई विवाहको प्रस्ताव राखे।

वेल्स अनलाइनको रिपोर्टअनुसार यो मायालु जोडीले मे १९ मा बेलायतको कार्डिफ क्षेत्रको त्यही चर्चमा विवाह गरेका थिए जहाँ उनीहरु पहिलो पटक भेटेका थिए ।

यो अनौठो विवाहमा नवविवाहित जोडीका ४० जना साथीभाइ र परिवारका सदस्य चर्चमा उपस्थित थिए ।

विवाहको समयमा जुलियनले आफ्नी पत्नीका बारेमा उनी धेरै दयालु र हेरचाह गर्ने भएको बताए । जुलियनले त्यसपछि आफ्नी पत्नीतिर फर्केर भने, “म तिमीसँग मेरो जीवन बिताउन उत्सुक छु।”

यसैबीच आफ्नो विवाहको दिनका बारेमा भ्यालेरियाले भनिन्, “मलाई यो विश्वास भइरहेको छैन।” जुलियनले विवाहलाई अद्भुत र ‘नयाँ वर्ष जस्तै’ भनेर वर्णन गरे।

हनिमुनका लागि अष्ट्रेलिया जाने

यो जोडीले आफूहरु सँगै बस्न निकै उत्सुक रहेको बताए । दम्पतीले आफ्नो हनिमुनका लागि अष्ट्रेलिया जाने बताए । अष्ट्रेलिया जुलियनको वास्तविक घर हो।

विवाह गर्दा कस्तो अनुभूति भयो भन्ने प्रश्नमा जुलियनले यो रोमन देवता जानसजस्तै भएको बताए । जानसको दुईवटा टाउको थियो जसले गर्दा उसले भविष्य र विगत दुवैलाई हेर्न सक्थे।

“यो नयाँ वर्ष जस्तै हो”, जुलियनले भने। अर्कोतर्फ, भ्यालेरीले आफ्नो नयाँ पतिलाई ‘अद्भुत सज्जन’ भनेर वर्णन गरिन् । जबकि जुलियनले आफ्नी पहिलो पत्नीलाई ‘मिलनसार’ भनेर वर्णन गरे।

जुलियनले उनकी श्रीमती धेरै दयालु र मायालु रहेको बताए । रिपोर्टका अनुसार जुलियन सन् १९५४ मा अष्ट्रेलियाबाट बेलायत आएका थिए । उनले सन् १९७० र सन् १९८२ मा राष्ट्रिय ओपेरामा काम गरिसकेका छन् ।

उनले विवाहको समयमा पनि अभिनय गरेका थिए । जुलियनको प्रेम र अहिले यो विवाहको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । एजेन्सीको सहयोगमा