१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैं आयो, चामल आएन



अ+ अ-

काठमाडौं । जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न।’ 

चामलका लागि साहूबाट सय कडा ५ रुपैयाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन्। ‘गाउँको साहूसँग ऋण काडेर ल्याएको, यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ’, जुनकलाले भनिन्।

सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान् कामका लागि भारत गएका छन्। उनी लालाबाला छिमेकीको भरमा छोडेर तीन दिन लगाएर चामल किन्न आएकी हुन्। तर, उनी पनि रित्तो हात घर फर्केकी छन्।

‘सरकारले पनि कस्तो बेवास्ता गरेको रु सरकारसँग किनेर पनि दसैंमा चामल खान नपाइने भयो’, धर्माले निराश हुँदै गुनासो गरिन्। चामल नपाए अब दसैंमा कन्दमूल, गिठ्ठा, भ्याकुर र सिस्नोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे। त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो। तर, कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए। ‘दसैंनजिक आउन थाल्यो, सरकारले दसैंका लागि त चामल पठायो होला भन्ने लागेको थियो तर, पठाएनछ’, भण्डारीले भने, ‘सरकार ठूलो चाडबाडका बेला खाने व्यवस्था मिलाइदेऊ।’

हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ। कवाडी बिक्री केन्द्रका लागि गत वर्ष मात्रै खाद्य संस्थानले ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको थियो।

मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टीबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले कवाडीका लागि ढुवानी ठेक्का पाएका थिए। तर, स्वीकृत कोटाको पनि आधा मात्रै चामल ढुवानी भएको छ। गत वर्ष १ हजार ५ सय क्विन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।