६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैं आयो, चामल आएन



अ+ अ-

काठमाडौं । जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न।’ 

चामलका लागि साहूबाट सय कडा ५ रुपैयाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन्। ‘गाउँको साहूसँग ऋण काडेर ल्याएको, यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ’, जुनकलाले भनिन्।

सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान् कामका लागि भारत गएका छन्। उनी लालाबाला छिमेकीको भरमा छोडेर तीन दिन लगाएर चामल किन्न आएकी हुन्। तर, उनी पनि रित्तो हात घर फर्केकी छन्।

‘सरकारले पनि कस्तो बेवास्ता गरेको रु सरकारसँग किनेर पनि दसैंमा चामल खान नपाइने भयो’, धर्माले निराश हुँदै गुनासो गरिन्। चामल नपाए अब दसैंमा कन्दमूल, गिठ्ठा, भ्याकुर र सिस्नोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे। त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो। तर, कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए। ‘दसैंनजिक आउन थाल्यो, सरकारले दसैंका लागि त चामल पठायो होला भन्ने लागेको थियो तर, पठाएनछ’, भण्डारीले भने, ‘सरकार ठूलो चाडबाडका बेला खाने व्यवस्था मिलाइदेऊ।’

हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ। कवाडी बिक्री केन्द्रका लागि गत वर्ष मात्रै खाद्य संस्थानले ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको थियो।

मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टीबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले कवाडीका लागि ढुवानी ठेक्का पाएका थिए। तर, स्वीकृत कोटाको पनि आधा मात्रै चामल ढुवानी भएको छ। गत वर्ष १ हजार ५ सय क्विन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।