२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगरमा एमाले विजयी



अ+ अ-

झापा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको थियो ।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।रासस