६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्न मञ्जिलमा पानीको खर्च मात्रै मासिक ८३ हजार



अ+ अ-

काठमाडौं । सुन्दा अनौठो लाग्ला, पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निजी निवास रत्न मञ्जिलमा खानेपानीको समेत व्यवस्था छैन । सरकारी धारा काटिएका छन् ।

नागार्जुनबाट ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता छ । करिब १२ जना नानीबजै (सुसारे) राखेर बस्नुभएका पूर्व मुमा बडामहारानी रत्नको मञ्जिलमा अहिले दैनिक दुई ट्याङ्कर पानी खर्च हुने गरेको छ ।

मासिक करिब ८३ हजार रुपियाँ मात्रै पानी किन्नमै खर्च हुने बताउँदै पूर्व मुमा बडामहारानी रत्नका निजी सचिव शम्भु अधिकारीले भन्नुभयो– ‘यो त राज्यले अचाक्ली नै गर्‍यो । पूर्वराजपरिवारको हैसियतमा सबै सुविधा कटौती गरेर उहाँलाई अन्याय गरेको छ ।’

‘न त सुरक्षा गार्डको व्यवस्था छ । न कुनै सुविधा नै । खानेपानीको समेत व्यवस्था छैन । बल्लतल्ल मिडियाको दबाबले दुई वर्ष अघिदेखि सरकारले बिजुलीको बिल तिर्ने गरेको छ । अहिले त उहाँलाई राज्यले हेप्नुसम्म हेपेको छ ।’ यो गुनासो पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निजी निवास रत्न मञ्जिलका एक कर्मचारीको हो ।

भदौ ४ गतेबाट ९४ वर्षमा पाइला टेकेकी रत्नको घर महेन्द्र मञ्जिलमा राज्यले सुविधा दिएको सशस्त्र प्रहरीको सुरक्षा टोली पनि हटाइसकेको छ ।

तत्कालीन ओली सरकारले विशिष्टको घरमा बस्दै आएका सुरक्षाकर्मी कटौती गर्ने क्रममा पूर्व मुमा बडामहारानी रत्नको सबै सुरक्षाकर्मी कटौतीमा परेको थियो । त्यसै गरी, सवारी चालकको सुविधा पनि हटाइएको छ ।

रत्न मञ्जिलका एक कर्मचारी भन्छन्– ‘अहिले एक जना पनि सुरक्षाकर्मी छैन । गेटमा सुरक्षा गर्ने कसले ? पहिला आधा दर्जन सुरक्षाकर्मीको टोली खटिने महेन्द्र मञ्जिलको सुरक्षा टोली बस्ने घर अहिले खाली भएको छ । सरकारले पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र सरकारबाहेक अन्यको सुरक्षा कटौती गरेको छ ।’

दरबार हत्याकाण्डपछि महेन्द्र मञ्जिलमै बस्ने गरेकी रत्न अहिलेसम्म सार्वजनिक कार्यक्रममा प्रायः देखिनुहुन्न । कोभिड–१९ का कारण दुई वर्षदेखि घर बाहिर निस्कनै सक्नुभएको छैन ।

मुमा बडामहारानी रत्नको नियमित स्वास्थ्य परीक्षण गर्न हरेक मंगलबार निजी चिकित्सक डा. खगेन्द्र श्रेष्ठ र मुटुसम्बन्धी समस्या भए डा. मृगेन्द्रराज पाण्डे महेन्द्र मञ्जिलमै पुग्ने गर्नुभएको छ ।

निजी सचिव अधिकारीका अनुसार उहाँलाई हालसम्म कुनै रोग भने लागेको छैन । उमेरका कारण केही समस्या भए पनि स्वास्थ्यका कारण केही समस्या देखिएको छैन ।

उहाँ राति अबेर सुतेर बिहान ९ बजे उठ्ने गर्नुहुन्छ । बिहानको खाजा ११ बजे १ गिलास दूध, दिउँसो ३ बजे सामान्य शाकाहारी खाना, राति साढे ९ बजे एक गिलास दूध खाने र राति अबेरसम्म गीत–संगीत सुनेर सुत्ने उहाँको दिनचर्या बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र हप्ताको एक दिन अनिवार्यरूपमा महेन्द्र मञ्जिल पुग्ने गर्नुभएको छ । मुमा रत्नलाई भेट्न हरेक दिन परिवारका एक सदस्य महेन्द्र मञ्जिल पुग्ने गरेका छन् ।

यो समाचार आजको नेपालसमाचार पत्र दैनिकबाट साभार गरिएको हो ।




भर्खरै