३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

यस्तो छ, उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या

यस्तो छ, उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या
अ+ अ-

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १० हजार ९९० निर्वाचित भएका छन् ।

आयोगको प्रणालीमा २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहका निर्वाचित जनप्रतिनिधिका विवरण समावेश गरिएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाबाट हालसम्म ७३५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सो प्रणालीका प्रविष्ट भएअनुसार नेपाली कांग्रेसका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ५५० र महिला ७९२ गरी एक हजार ३४२, ३१ देखि ४० उमेर समूहका पुरुष दुई हजार १८७, महिला एक हजार ९७९ गरी चार हजार १६६, ४१ देखि ५० उमेर समूहका पुरुष दुई हजार ६६४, महिला एक हजार ७४३ गरी चार हजार ४०७, ५१ देखि ६० उमेर समूहका पुरुष एक हजार ९३९, महिला ७६३ गरी दुई हजार ७०२, ६१ देखि ७० उमेर समूहका पुरुष ६२४, महिला १८९ गरी ८१३, ७१ देखि ८० उमेर समूहका पुरुष ८५, महिला १९ गरी १०४, ८१ देखि ९० उमेर समूहका पुरुष १ र महिला १ गरी २ र ९० भन्दा माथि उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् ।

नेकपा ९एमाले०का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४५६ र महिला ६६८ गरी १ हजार १२४, ३१ देखि ४० उमेर समूहका पुरुष १ हजार ७१४, महिला १ हजार ८०७ गरी ३ हजार ५२१, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १६७, महिला १ हजार ५३७ गरी ३ हजार ७०४, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ८२१, महिला ७७० गरी २ हजार ५९१, ६१ देखि ७० उमेर समूहका पुरुष ५२९, महिला १४१ गरी ६७०, ७१ देखि ८० उमेर समूहका पुरुष ३७, महिला १६ गरी ५३, ८१ देखि ९० उमेर समूहका पुरुष ७ र महिला १ गरी ८ निर्वाचित भएका छन् ।

नेकपा ९माओवादी केन्द्र० २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २२७ र महिला ३२८ गरी ५५५, ३१ देखि ४० उमेर समूहका पुरुष ९९४, महिला ८९० गरी १ हजार ८८४, ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५६३ गरी १ हजार ५८७, ५१ देखि ६० उमेर समूहका पुरुष ५४२, महिला २२८ गरी ७७०, ६१ देखि ७० उमेर समूहका पुरुष १३८, महिला ५२ गरी १९०, ७१ देखि ८० उमेर समूहका पुरुष १५, महिला १ गरी १६ एवं ८१ देखि ९० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४३ र महिला ४८ गरी ९१, ३१ देखि ४० उमेर समूहका पुरुष २४०, महिला १८९ गरी ४२९, ४१ देखि ५० उमेर समूहका पुरुष २७६, महिला १७९ गरी ४५५, ५१ देखि ६० उमेर समूहका पुरुष १९३, महिला १४५ गरी ३३८, ६१ देखि ७० उमेर समूहका पुरुष १००, महिला ४० गरी १४०, ७१ देखि ८० उमेर समूहका पुरुष १४ र महिला १४ गरी २८ जना निर्वाचित भएका छन् ।

नेकपा ९एकीकृत समाजवादी० का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४२ र महिला ५६ गरी ९८, ३१ देखि ४० उमेर समूहका पुरुष १४९, महिला १५२ गरी ३०१, ४१ देखि ५० उमेर समूहका पुरुष १८४, महिला १०५ गरी २८९, ५१ देखि ६० उमेर समूहका पुरुष १३८, महिला ६० गरी १९८, ६१ देखि ७० उमेर समूहका पुरुष ५१, महिला २३ गरी ७४, ७१ देखि ८० उमेर समूहका पुरुष ६, महिला ३ गरी ९, ८१ देखि ९० उमेर समूहमा पुरुष १ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १६ र महिला ११ गरी २७, ३१ देखि ४० उमेर समूहका पुरुष ४७, महिला ४९ गरी ९६, ४१ देखि ५० उमेर समूहका पुरुष ६६, महिला ३२ गरी ९८, ५१ देखि ६० उमेर समूहका पुरुष ४५, महिला १९ गरी ६४, ६१ देखि ७० उमेर समूहका पुरुष ११, महिला २ गरी १३ र ७१ देखि ८० उमेर समूहका पुरुष २, महिला २ गरी ४ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चाका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ८ गरी १०, ३१ देखि ४० उमेर समूहका पुरुष २२, महिला २८ गरी ५०, ४१ देखि ५० उमेर समूहका पुरुष ३९, महिला १९ गरी ५८, ५१ देखि ६० उमेर समूहका पुरुष २७, महिला ८ गरी ३५, ६१ देखि ७० उमेर समूहका पुरुष ४ र ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ र महिला १० गरी १४, ३१ देखि ४० उमेर समूहका पुरुष २८, महिला २३ गरी ५१, ४१ देखि ५० उमेर समूहका पुरुष १५, महिला १० गरी २५, ५१ देखि ६० उमेर समूहका पुरुष ६, महिला ७ गरी १३, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ४ गरी ६, ३१ देखि ४० उमेर समूहका पुरुष १०, महिला ११ गरी २१, ४१ देखि ५० उमेर समूहका पुरुष १८, महिला ९ गरी २७, ५१ देखि ६० उमेर समूहका पुरुष १७, महिला ७ गरी २४, ६१ देखि ७० उमेर समूहका पुरुष ५, महिला १ गरी ६ र ७१ देखि ८० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

जनता प्रगतिशील पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २, ३१ देखि ४० उमेर समूहका महिला २, ४१ देखि ५० उमेर समूहका पुरुष ५, महिला २ गरी ७, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १ र महिला १ गरी २, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष २ र ७१ देखि ८० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।

विवेकशील साझा पार्टीका ३१ देखि ४० उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष ५, ५१ देखि ६० उमेर समूहका पुरुष १, महिला १ गरी २, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २, ७१ देखि ८० उमेरका, महिला १ जना निर्वाचित भएका छन् । नेपाल जनता पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५ जना निर्वाचित भएका छन् ।

सङ्घीय लोकतान्त्रिक मञ्चका ३१ देखि ४० उमेर समूहका पुरुष ३, महिला १ गरी ४, ४१ देखि ५० उमेर समूहका पुरुष ३, ५१ देखि ६० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २ र ५१ देखि ६० उमेर समूहका पुरुष २, जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहमा महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष जना निर्वाचित भएका छन् । नेपाली कांग्रेस ९विपी० का २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष १ र ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

बहुजन शक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् । बहुजन एकता पार्टी नेपालका ३१ देखि ४० उमेर पुरुष १, समूहका महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन् ।

नेपाल सुशासन पार्टीका २१ देखि ३० उमेर समूहमा पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १ र महिला १ गरी २ जना निर्वाचित भएका छन् । नेकपा ९माओवादी समाजवादी०का ३१ देखि ४० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल सद्भावना पार्टीका ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

स्वतन्त्रतर्फ २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २४, महिला २६ गरी ५०, ३१ देखि ४० उमेर समूहका पुरुष ८६, महिला ५४ गरी १४०, ४१ देखि ५० उमेर समूहका पुरुष ७८, महिला २५ गरी १०३, ५१ देखि ६० उमेर समूहका पुरुष ६९, महिला १४ गरी ७३, ६१ देखि ७० उमेर समूहका पुरुष १४, ८१ देखि ९० उमेर समूहका १ र ९० भन्दा माथि उमेरका १ जना निर्वाचित भएका छन् ।