६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले पिटे कार्यकर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, वालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुर्व्यहार गरेका छन् ।

सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुर्व्यहार गरेका हुन् ।

सर्लाही–४ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए ।

सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। त्यहाँको सदस्यता विवाद अझै नसुल्झेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।