२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले पिटे कार्यकर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, वालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुर्व्यहार गरेका छन् ।

सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुर्व्यहार गरेका हुन् ।

सर्लाही–४ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए ।

सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। त्यहाँको सदस्यता विवाद अझै नसुल्झेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।