• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

मनोज पाण्डेलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा पक्राउ परेका मनोज पाण्डेलाई अनुसन्धानका लागि म्याद लिएको हो ।

कन्सल्टेन्सी सन्चालक तथा सुन्दरी प्रतियोगिताका आयोजक समेत रहेका पाण्डेले ८ वर्षअघि आफुलाई बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सन्जालमार्फत घटना विवरण सार्वजनिक गरेपछि पाण्डे पक्राउ परेका थिए । पाण्डेविरुद्ध दुई जना युवतीले किटानी जाहेरी दिएकी थिईन् ।

पाण्डेलाई प्रहरीले गत शनिबार दिउँसो काठमाडौंबाको स्वयंम्भू बाट पक्राउ गरेको थियो ।

पाण्डेले ति युवतीलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितले भिडियो मार्फत बताएकी थिईन । पाण्डेले पीडितको तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पीडितले भिडियोमा खुलाएकी छिन् ।

पाण्डेविरुद्धको आरोप घटना ८ वर्षअघि भएको र हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।