२४ पुष २०८१, बुधबार
,
Latest
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात: रेसा एमाले छाडेको भनि गरिएको प्रचार एमाले र मविरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्रः सचिव भट्ट विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह मधेशविरूद्ध कुशल भुर्तेलको अर्धशतक भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । प्रहरीका अनुसार पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।

गत बुधबार सामाजिक सञ्जालमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् । आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसूर गरेको भन्दै जाहेरी दिएकी छन् ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले भिडियोमा खुलाएकी छन् ।

पीडितलाई लठ्ठाएर बन्धक बनाएर पटकपटक जबरजस्ती करणी गरेको हुनाले मानवबेचबिखन गरेको ठहर हुने प्रहरी अधिकृतहरुको भनाइ छ । म्याद थप भइसकेपछि अब घटनामा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

आरोपीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै सडक देखी संसद सम्म आवाज उठेपछि सरकारले अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् । समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ ।