७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

ढोरपाटन सिकार आरक्षमा सत्र नाउर र आठ झारलको सिकार

ढोरपाटन सिकार आरक्षमा सत्र नाउर र आठ झारलको सिकार
अ+ अ-

बागलुङ । ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ ।

यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र छ झारलको सिकार कोटा तोकिएकामा नौ नाउर र तीन झारलको मात्र सिकार गरिएको थियो ।

यस्तै पछिल्लो याममा आठ नाउर र पाँच झारलको सिकार भएको कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो यामका लागि नौ नाउर र छ झारलको सिकार कोटा तोकेको थियो । उक्त याममा सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसनले सबैभन्दा बढी सिकार खेलाएको थियो । त्यस कम्पनीमार्फत् फ्रान्सका तीन, अमेरिका र डेनमार्कका एक/एक जना सिकारी ढोरपाटन पुगेका थिए ।

उनीहरुले गत चैत ६ देखि वैशाख ७ गतेसम्मको अवधिमा सुनदह, दोगाडी, बार्से, फागुने र सेङ ‘ब्लक’मा सिकार खेलेका थिए । दोस्रो याममा सिकार कम्पनी हिमालयन सफारिजले मेक्सिकोका दुई र नर्वेका एक सिकारीलाई ढोरपाटन पु¥याएको थियो ।

नर्वेका सिकारीले दोगाडी ‘ब्लक’मा एक नाउर र एक झारल, मेक्सिकनले सुनदह र सेङमा एक नाउर तथा एक झारलको सिकार गरेका थिए । यस्तै ग्लोबल सफारिजमार्फत आरक्ष पुगेका मेक्सिकोका सिकारीले घुस्तुङ ‘ब्लक’मा एक नाउर र एक झारलको सिकार गरेका थिए ।

सोही कम्पनीमार्फत आउने भनिएका हङ्गेरीका सिकारी अन्तिम समयमा नआएपछि घुस्तुङ ‘ब्लक’मा तोकिएको एक नाउर र एक झारलको भने सिकार नभएको आरक्ष कार्यालयले जनाएको छ ।

पहिलो याममा भने हिमालयन, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्सपिडिसनबाहेक हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले पनि सिकार खेलाएको थियो । ती सिकार कम्पनीले मेक्सिको, फ्रान्स, रुस, युक्रेन, स्पेन र चे रिपब्लिकका सिकारीलाई ढोरपाटन पुर्याएका थिए ।

उक्त याममा केही सिकारीले निशाना लगाउन नसक्दा कोटाअनुसार नाउर र झारलको सिकार हुन नसकेको हो ।

सहायक संरक्षण अधिकृत खड्काका अनुसार आउँदो आवको पहिलो सिकार याम असोजदेखि सुरु हुन्छ । विभागले तोकेको कोटाअनुसार आरक्षमा सिकार खेलाउने गरिन्छ ।

“विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकारका लागि अनुज्ञापत्र दिने गर्छ”, उहाँले भन्नुभयो, “बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर निर्धारण हुन्छ ।”

कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् ।

कम्पनीले यो वर्षको दोस्रो याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले जानकारी दिनुभयो ।

“सिकारको माग धेरै आउँदा दरभाउपत्रमा प्रतिस्पर्धा हुन्छ, अनि राजस्व पनि बढ्छ”, निर्देशक पराजुलीले भन्नुभयो, “कोरोना महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक छन् ।”

बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण कोरोना महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ ।

एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार खेलाएर आरक्षले बर्सेनि कराडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ । रासस