• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

रुपनीले विजयोत्सव मनाउन दियो सार्वजनिक बिदा



सप्तरी । रुपनी गाउँपालिकाले विजयोत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ ।

स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिकाभित्रका सरकारी, शिक्षण र स्वास्थ्य संस्थामा बिदा दिइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले गाउँपालिकाबाट नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरु लगायत सम्पूर्ण कार्यालयमा मिति २०७९ जेठ ९ गने सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन् ।