२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरासँग ठोक्किएको आशंकामा जजिराको विमान गौतम बुद्ध विमानस्थलमा रोकियो



अ+ अ-

भैरहवा । कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकामा विमानलाई रोकिएको जनाइएको छ । सो विमान आइतबार राति कतारका लागि उड्नुपर्ने कार्यतालिका थियो ।

कुवेतबाट १२१ यात्रु लिएर आएको जजिराको सो विमान गए राति पौने दुई बजे अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको आशंका गरिएको छ । जहाजको अगाडिको भागमा रगतका टाटा देखिएकाले चरा ठोक्किएको अनुमान गरिएको हो । यद्यपि चरा कतै देखिएको छैन ।

विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले चराको अवशेष नभेटिएपछि चरा विमानको इन्जिनभित्र गएको छ कि भनेर विमानलाई रोकेर राखिएको बताए । उनका अनुसार काठमाडौँबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेर विमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र जहाजले उडान भर्न सक्नेछ ।

कुवेतबाट आएका सबै यात्र सकुशल रहेको बताइएको छ । कतार–भैरहवा हवाई उडान गरेको जजिराको यो चौथो उडान हो ।